नेपालमा डिस्चार्ज हुनेको संख्या २१४२ पुग्यो

नेपालमा डिस्चार्ज हुनेको संख्या २१४२ पुग्यो

८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३७० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २१४२ पुगेको छ। जसमा १६१ महिला र एक हजार ९६१ पुरुष रहेका छन् ।

त्यस्तै अहिले देशभरमा ९० हजार ७३० जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ७८९ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ जिल्लामा ७६ जिल्लामा संक्रमण देखिएको छ । अब अहिलेसम्म संक्रमित नभएको जिल्ला रसुवामात्र छ ।

त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३ रहेको छ ।

Loading
TOP