भारतमा २४ घण्टामा कोरोनाबाट ३१२ जनाको मृत्यु

भारतमा २४ घण्टामा कोरोनाबाट ३१२ जनाको मृत्यु

९ असार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३१२ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १४ हजार ११ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ९३३ जना संक्रमित पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म ४ लाख ४० हजार २१५ जना संक्रमित भएका छन् । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा उक्लिएको छ ।

भारतमा अहिलेसम्म २ लाख ३४८ हजार १९० जना ठिक भएका छन् भने एक लाख ७८ हजार १४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ९२ हजार ५४४ पुगेको छ भने मृतकको संख्या ४ लाख ७४ हजार ४४४ पुगेको छ ।

त्यस्तै विश्वभर ४९ लाख ३९ हजार ३४८ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP