थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २४ पुग्यो

थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २४ पुग्यो

९ असार, काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश अस्पताल सुर्खेतमा उपचाररत एक संक्रमितको सोमबार राती मृत्यु भएको हो।

दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राती साढे ९ बजे मृत्यु भएको कर्णालीको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यो सहित देशभर मृत्यु हुनेको संख्या २४ पुगेको छ।

Loading
TOP