अहिलेसम्म एक लाख ८६ हजार जनाको पिसिआर परिक्षण : स्वास्थ्य मन्त्रालय

अहिलेसम्म एक लाख ८६ हजार जनाको पिसिआर परिक्षण : स्वास्थ्य मन्त्रालय

९ असार, काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामामा ४ हजार ९९५ नमुनाको पिसिआर परिक्षण गरिएको छ भने अहिलेसम्म पिसिआर परिक्षणको संख्या एक लाख ८६ हजार ३६६ पुगेको छ ।

त्यस्तै अहिले देशभरमा ८५ हजार ८१३ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ८५१ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ जिल्लामा ७६ जिल्लामा संक्रमण देखिएको छ । अब अहिलेसम्म संक्रमित नभएको जिल्ला रसुवामात्र छ ।

त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।

Loading
TOP