भारतमा संक्रमितको संख्या ४ लाख ५६ हजार पुग्यो

भारतमा संक्रमितको संख्या ४ लाख ५६ हजार पुग्यो

१० असार,काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४६५ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १४ हजार ४७६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना संक्रमित पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म ४ लाख ५६ हजार १८३ जना संक्रमित भएका छन् । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा उक्लिएको छ ।

भारतमा अहिलेसम्म २ लाख ५८ हजार ६८५ जना ठिक भएका छन् भने एक लाख ८३ हजार २२ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ९३ लाख ५९ हजार २८७ पुगेको छ भने मृतकको संख्या ४ लाख ७९ हजार ८७९ पुगेको छ ।

त्यस्तै विश्वभर ५० लाख ४६ हजार २६९ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP