गण्डकीमा ३२ संक्रमित थपिए, प्रदेशमा कुल ७२९ जनामा कोरोना पुष्टि

गण्डकीमा ३२ संक्रमित थपिए, प्रदेशमा कुल ७२९ जनामा कोरोना पुष्टि

१० असार,पोखरा । गण्डकी प्रदेशमा बुधबार थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार भरतपुर अस्पताल, चितवन र प्रदेश क्षयरोग केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा ३२ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितमा लमजुङका ५ जना, पर्बतका एक जना, स्याङजाका ७ जना, कास्कीका ५ जना, गोरखाका एक जना, बाग्लुङका ९ जना, तनहुँका एक जना, नवलपरासी पूर्वका ३ जना रहेका छन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जानकारी गराएको छ ।

योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।

Loading
TOP