कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

१० असार, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा ड्यूटिमा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिए पछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको प्रतिष्ठानले जनाएको छ । सेवा प्रवाह गरिरहेको खण्डमा संक्रमणको जोखिम बढ्ने भएकाले अर्को सूचना जारी नभएसम्मको लागि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको अस्पताल निर्देशक मंगल रावलले बताए ।

‘कोभिड(१९ को रोकथामका लागि गरिनुपर्ने सम्पूर्ण नियमहरू पालना गर्न अनुरोध गर्दै यस विषम परिस्थितिमा प्रत्येक नागरिकले धैर्यतापूर्वक संयमता अपनाउनु हुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ । आजैदेखि अस्पतालमा कार्यरत सबै स्वास्थ्यक्रर्मीको कोरोना परीक्षण गरिने पनि निर्देशक डा। रावलले बताए ।

उनका अनुसार संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Loading
TOP