अंगिकृत नागरिकता बारे गगन थापाको धारणा सार्वजनिक

अंगिकृत नागरिकता बारे गगन थापाको धारणा सार्वजनिक

१० असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापाले अंगिकृत नागरिकता बारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

नागरिकता विधेयक बारे संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट वैवाहिक अंगीकृत नागरिकताका लागि सात वर्षे प्रावधानसहित बहुमतले पारित गरेर प्रतिनिधि सभामा प्रतिवेदन बुझाएको अवस्थामा सांसद थापाले महिला र पुरूषबीच हुने विभेदकारी व्यवस्था हटाउनुपर्ने विचार राखेका छन् ।

उनले  समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनाउनुपर्ने बताएका हुन् ।

सांसद थापाले भनेका छन् ,‘नागरिकतामा समानतालाई मन्त्र बनाएर विभेदकारी व्यवस्था हटाउने समझदारी बनायौं भने मलाई विश्वास छ वैवाहिक अंगीकृत नागरिकतामा समयावधि राख्ने कुरामा हाम्रो मत मिल्नेछ ।’

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयमा कांग्रेसले आफ्नो फरक मत दर्ता गराएको छ ।

विधेयकमा नेपाली पुरूष नागरिकसँग विवाह गरी आउने महिलाको हकमा सम्बन्धित देशको नागरिकता त्याग गरेको प्रक्रिया सुरू गरेको प्रमाणित हुने पत्रसहित निवेदन दिएको सात वर्षमा अंगिकृत नागरिकता दिने प्रावधान छ ।

सांसद थापाले नक्साको विषयमा जस्तै एकजुट भएर नागरिकता विधेयकको विवादको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

गगन थापाको नगरिकता विधेयकका बारेको धारणा :

Loading
TOP