सोनुलाई दिव्याको जवाफ : रामलीलामा पाँच रुपैयामा गाउथ्यौं, टी-सिरिजले बनाएको किन बिर्सेको ?

सोनुलाई दिव्याको जवाफ : रामलीलामा पाँच रुपैयामा गाउथ्यौं, टी-सिरिजले बनाएको किन बिर्सेको ?

११ असार, काठमाडौँ । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिवुडमा नातावादको बहस छेडिएको छ ।

अहिले बलिवुडको फिल्म क्षेत्रमा हुने सिण्डिकेट र नातावाद कृपावाद बारे चर्को बहस भइरहेको छ । केहि निर्माता निर्देशक र फिल्म कम्पनिले कसरी कलाकारलाई नियन्त्रित गर्छन भन्ने बारेमा एकपछि अर्को खुलासा भइरहेको छ ।

यसैबीच बलिवुडका चर्चित गायक सोनु निगमले बलिवुडको म्युजिक क्षेत्रमा टी(सिरिजमाथि लगाएको आरोपको भुषण कुमारकी पत्नी एवं गायिका दिव्या खोसला कुमारले कडा जवाफ फर्काएकी छन् ।

सोनुले युट्युबमा एक भिडियो सार्वजनिक गर्दै भुषण कुमारलाई चुनौती दिएका थिए ।

दिव्याले सोनु निगमको आरोपलाई खारेज गर्दै सोनुलाई अहिलेको गायक सोनु निगम गुलशन कुमारले बनाएको स्मरण गराएकी छन् ।

सामाजिक संजाल इन्स्टाग्राममा भिडियो संदेश जारी गर्दै दिव्याले दिल्लीमा रामलिलामा ५ रुपैयामा गीत गाउने सोनुलाई गुलशन कुमारले विमानको भाडा दिएर मुम्बई बोलाएर ठुलो गायक बनाएको उल्लेख गरेकी छन् ।

साथै दिव्याले गुलशन कुमार र टी(सिरिजले लगाएको गुण अहिले सोनुले टी(सिरिजविरुद्ध प्रहार गरेर तिरिरहेको समेत व्यंग्य गरेकी छन् ।

दिव्याले आरोपलगाउनु अघि प्रमाण पेश गर्न चुनौती दिदै सोनुको आरोपपछि आफ्ना पतिलाई मार्ने धम्की आएको, आफुलाई बलात्कार गर्ने धम्की आएको र कैयौं गायक तथा कलाकारले समेत धम्की दिन थालेको खुलासा गरेकी छन् ।

सोनु निगमले एकपछि अर्को भिडियो सार्वजनिक गर्दै एक पछि अर्को खुलासा गरेका थिए । सोनुले म्युजिक जाइन्ट टी(सिरिजका मालिक भुषण कुमारलाई चुनौती दिएका छन् । मिडियामा अनेकौं समाचार प्रकाशित गरेर आफुविरुद्ध प्रोपोगान्डा गरिरहेको बताउदै सोनुले भुषण कुमारलाई एक्स्पोज गर्ने चुनौती दिएका छन् । सोनुले केहि बलिवुडकै हस्तीहरुलाई आफ्नो बारेमा मिडियामा अन्तर्वार्ता दिन भुषण कुमारले लगाएको आरोप लगाएका थिए ।

आफ्नो भिडियोमा एक महिलाको मरीना कुँवरको नाम लिदै आफुसंग मरीनाको भिडियो रहेको र आफुसंग निहु खोजेमा युट्युबमा सो भिडियो सार्वजनिक गर्ने धम्की दिएका छन् । मरीना कुँवर एक मोडल हुन् जो डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहिमलाई एक्स्पोज गरेकी थिइन् ।

सोनुले अहिले संगीत क्षेत्रमा नयाँ प्रतिभालाई निकै गाह्रो भएको र यसलाई एक दुई म्युजिक कम्पनिले नियन्त्रण गरेको आरोप लगाएका छन् ।

उनले संगीतकार, फिल्म निर्माता, निर्देशकले नयाँ प्रतिभा लिन चाहेपनि म्युजिक कम्पनिले नयाँ प्रतिभालाई सजिलै अवसर नदिने आरोप लगाएका छन् ।

सोनुको आरोप सत्य नभएको भन्दै अहिले टी(सिरिजमा ८० प्रतिशतभन्दा बढी बाहिरकाले काम गरिरहेको बताएकी छन् । उनले आफुले निर्देशन गरेको फिल्म यारियाबाट मात्र बलिवुडमा नेहा कक्करसहित ९ जना स्थापित भएको बताउदै सोनु निगमलाई आफुले एक जना कलाकारलाई बलिवुडमा ल्याएको देखाउन चुनौती दिएकी छन् ।

सुशान्तको आत्महत्यापछि बलिवुडमा नातावादबाट पिडित भएका र यसको जालोमा फसेकाहरुले सामाजिक संजालमा आफ्ना कुरा राख्दै आफुले भोगेका कुरा सार्वजनिक गरिरहेका छन् ।

Loading
TOP