अमेरिकामा मृत्यु हुने एक लाख २४ हजार नाघे

अमेरिकामा मृत्यु हुने एक लाख २४ हजार नाघे

११ असार, काठमाडौँ । अमेरिकामा कोरोनाको कहरमा कमि देखिएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा फेरी बढेको देखिएको छ । तर सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या पनि बढेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ७९१ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख २४ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख २४ हजार २७९ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ३९ हजार ११२ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या २४ लाख ६३ हजार १६६ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म १० लाख ३५ हजार ९०४ जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १६ हाजर ५३८ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३१ हजार नाघेको छ ।

न्युयोर्कमा ३१ हजार ३४६ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख १३ हजार ३५५ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १३ हजार १२९ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७३ हजार १३२ जना संक्रमित भएका छन् ।

त्यस्तै मसाचुसेट्समा ७ हजार ९३८ जनाको ज्यान गएको छ ।

इलिनियोइसमा ६ हजार ७७०, त्यस्तै पेन्सिलभेनियामा ६ हजार ५८४, मिचिगनमा ६ हजार ११४, क्यालिफोर्नियामा ५ हजार ७२८३, कोनेक्टीकटमा ४ हजार २८७, फ्लोरिडामा ३ हजार २८५, लुसियानामा ३ हजार १६० जना, मेरिल्याण्डमा ३ हजार १०८, ओहियो २ हजार ७७९, जर्जियामा २ हजार ६९८, इन्डियानामा २ हजार ५७८ र टेक्सासमा २ हजार २९३ जनाको मृत्यु भएको छ ।

Loading
TOP