एमसीसी नेकपाको गर्भमा तुहियो, अमेरिकासँग ६ महिना समय माग्ने तयारी

एमसीसी नेकपाको गर्भमा तुहियो, अमेरिकासँग ६ महिना समय माग्ने तयारी

११ असार, काठमाडौं । अमेरिकि परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० को गर्भमै तुहिने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एमसीसीका पक्षमा भएपनि पार्टीको ठुलो समुह विपक्षमा छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल हुबहु पास गर्न नहुँने पक्षमा उभिएका छन् ।

प्रधानमन्त्री ओली पार्टीबाट नभई संसदबाट एमसीसीको छिनोफानो गर्ने पक्षमा थिए । पार्टीमा छलफल र निर्णय विना नै संसदबाट छिनोफानो गर्दा नेकपा दुई कित्तामा उभिने निश्चित थियो । ‘यसले पार्टीलाई बास्तविक विभाजनको संघारमा पुरयाउथ्यो’ नेकपा स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले भने ‘पार्टी निर्णय नभएसम्म एमसीसी संसदमा अघि बढ्दैन ।’

नेकपाभित्र एमसीसीमा सहमति जुटाउन दुई अध्यक्ष ओली र प्रचण्डले दर्जनौ पटक बालुवाटारमा छलफल गरेका थिए । सहमति जुटन नसकेपछि दुई अध्यक्षबीच विवाद पनि भएको थियो । अध्यक्ष ओलीले कांग्रेसको साथ लिएर संसदबाट अनुमोदन गराउने धम्कि प्रचण्डलाई दिइसकेका थिए ।

पार्टीबाट छलफल नै नगराई संसदबाट अनुमोदन गराउन खोजे नेकपाभित्रै मुठभेड हुने निश्चित थियो । पार्टीलाई दुर्घटनाबाट जोगाउन फेरी महासचिव बिष्णु पौडेलले निर्णायक भूमिका खेलेका छन् । दुई अध्यक्षबीच बालुवाटारमा भनाभन भइरहेका बेला पौडेलले मध्यमार्गी वाटो सुझाए ।

‘एमसीसी अहिले नै पारित नगरौ, ६ महिनाका लागि अमेरिकासँग समय मागौ’ दुवै अध्यक्षलाई महासचिव पौडेलले भने ‘अमेरिकाले समय दियो भने हामीसँग छलफल गर्ने समय हुन्छ र निर्णयमा पुगौला । समय दिएन भने एमसीसी यहि तुहिन्छ ।’ महासचिव पौडेलको मध्यमार्गी सुझावमा नेकपाका दुवै अध्यक्ष सहमत भएका छन् । नेपाल सरकारले समय थपको माग गर्दै अमेरिकालाई पत्राचार गर्ने भएको छ ।

यही बिषयमा बुधवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकि विदेशमन्त्रीसँग टेलिफोन सम्वाद गरेका छन् । कोरोना कहरका बेला एमसीसी पारित गर्न असजिलो भएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले समय थपको माग पनि गरेका छन् ।

एमसीसी नेपालको संसदबाट १६ असारभित्र पारित गरिसक्नुपर्ने छ । तर संसदको बैठक १७ असारमा डाकिएको छ । नेकपाभित्र सहमति जुट्न नसकेपछि सभामुखले बैठक १६ असारसम्म स्थगित गरेका छन् ।

Loading
TOP