आज कुवेत, दोहा र यूएईबाट ६०९ नेपाली स्वदेश आइपुगे

आज कुवेत, दोहा र यूएईबाट ६०९ नेपाली स्वदेश आइपुगे

११ असार, काठमाडौं । कोरोना महामारीका कारण विभिन्न देशमा समस्यामा रहेका ६ सय ९ नेपाली आज स्वदेश आईपुगेका छन् ।

कुवेत, दोहा र यूएईको आबुधाबीबाट ६ सय ९ जना नेपालीहरु स्वदेश आइपुगेका हुन् ।

उनीहरु कतारको दोहाबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ सय ५८ जना स्वदेश आईपुगेका छन् ।

यस्तै यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १ सय ५२ जना नेपाली स्वदेश फर्किएका छन् भने कुवेतबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत १ सय ४९ जना र कुवेतबाटै आममाफीमा सहभागी १ सय ५० जना जजिरा एअरमार्फत काठमाडौं आइपुगेका छन् ।

कुवेत सरकारले आममाफीमा सहभागी नेपालीलाई भने निःशुल्क ल्याईदिएको हो ।

Loading
TOP