भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

१२ असार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४०७ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १५ हजार ३०१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७ हजार २९६ जना संक्रमित पुष्टि भएको छ ।

यो अहिलेसम्म एकै दिन सक्रमित भएको सबै भन्दा ठुलो संख्या हो ।

भारतमा अहिलेसम्म ४ लाख ९० हजार ४०१ जना संक्रमित भएका छन् । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा उक्लिएको छ ।

भारतमा अहिलेसम्म २ लाख ८५ हजार ६३७ जना ठिक भएका छन् भने एक लाख ८९ हजार ४६३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ९७ लाख ११ हजार ७८० पुगेको छ भने मृतकको संख्या ४ लाख ९१ हजार ७९७ पुगेको छ ।

त्यस्तै विश्वभर ५२ लाख ४७ हजार १४७ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP