कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि

१२ असार,  काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका २ जना स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोनाभाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।

यसअघि प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानमा कार्यरत सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो। यसरी गरिएको परीक्षणमा १ जना चिकित्सक एक जना स्वास्थ्यकर्मी र अर्का एक जना अस्पतालमा भर्ना भएका बिरामी तथा परीक्षणका लागि आएका अन्य २२ जना गरी २५ जनामा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा। मंगल रावलले विज्ञप्तिमार्फत जाकारी दिएका छन् ।

प्रतिष्ठानमा यसअघि ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै प्रतिष्ठानमा मात्रै ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ। अस्पतालका निर्देशक डा। रावलका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितलाई अस्पतालकै आइसोलेसन वार्डमा राखिएको छ ।

Loading
TOP