नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

१२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका छन् ।असार १० गते बुधवारबाट शुरु भएको स्थायी कमिटी बैठकको आज दोस्रो दिन विभिन्न एजेन्डामाथि छलफल हुने कार्यक्रम रहेको छ । बुधवारको बैठकले विभिन्न सात एजेन्डा तय गरेको थियो ।

आजदेखि ति एजेन्डाहरुमा स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेपनि प्रधानमन्त्री ओली भने सहभागी भएका छैनन् ।

बुधवारको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।

बैठक सञ्चालनको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिदै ओली बैठकमा अनुपस्थित भएको बताइएको छ ।

बैठकका एजेन्डाहरु:

१। दुवै अध्यक्षको सम्बोधन
२। कोभिड –१९ को नियन्त्रण, रोकथाम र उपचार
३। नेपालको सीमा समस्या र समाधान
४। सरकारको कामको समग्र समीक्षा
५। पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी काम
६। अमेरिकी मिलेनियम कर्पोरेशन सहायता ९एमसिसी०
७। विविध कार्यसूची ( विविधमा रुकुमपश्चिममा गत जेठ १० मा भएको घटना, नागरिकतासम्बन्धी विधेयक र सङ्घीय सांसद्को भत्ता नलिने विषय) ।

Loading
TOP