भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो

१४ असार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४१० जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १६ हजार ९५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९ हजार ९०६ जना संक्रमित पुष्टि भएको छ । यो अहिलेसम्म एकै दिन सक्रमित भएको सबै भन्दा ठुलो संख्या हो ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । भारतमा कुल संक्रमित ५ लाख २८ हजार ८५९ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा रहेको छ ।

भारतमा अहिलेसम्म ३ लाख ९ हजार ७१३ जना ठिक भएका छन् भने २ लाख ३ हजार ५१ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८२ हजार ६१८ पुगेको छ भने मृतकको संख्या ५ लाख १ हजार ३०९ पुगेको छ ।

त्यस्तै विश्वभर ५४ लाख ५८ हजार ५२३ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP