सेयर बजार खोल्ने बारे नेप्सेले आज निर्णय गर्दै

सेयर बजार खोल्ने बारे नेप्सेले आज निर्णय गर्दै

१४ असार, काठमाडौ । सेयर बजार कहिले र कसरी खोल्ने भन्ने निर्णय नेपाल स्टक एक्सचेन्जको आज साँझ बस्ने बैठकले गर्ने नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताएकाछन् ।

नेपाल धितोपत्र बोर्डले सेयर बजार सोमबारदेखि खोल्नको लागि निर्देशन दिएको र उक्त निर्देशनको पत्र प्राप्त भए लगत्तै हामी बैंठकले बसेर सेयर बजार कहिले देखि र कसरी कुन मापदण्ठ पुर्याएर खोल्ने हो, निर्णय गर्छौं, नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले भने ।

सरकारले कोरोना भाईरसको नियन्त्रण तथा रोकथामको लागि चैत ११ गतेदेखि नै देश व्यापीरुपमा पुर्ण लकडाउनको घोषणा गरेसंगै सेयर बजार बन्दा अवस्थामा रहेको छ । यसबिचमा दुई दिन सेयर बजार खुलेपनि बजार पुर्णरुपमा ओरालो लागेपछि बजार पुन बन्द भएको थियो ।

तर अहिले सरकारले लकडाउन खुकुलो बनाएसंगै सेयर बजार खोल्ने पर्ने आवाज लगानीकर्ताहरुले उठाउन थालेकाछन ।

Loading
TOP