भारतमा २४ घण्टामा ३८० को मृत्यु

भारतमा २४ घण्टामा ३८० को मृत्यु

१५ असार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३८० जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १६ हजार ४७५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९ हजार ४५९ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । भारतमा कुल संक्रमित ५ लाख ४८ हजार ३१८ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा रहेको छ ।

भारतमा अहिलेसम्म ३ लाख २१ हजार ७२३ जना ठिक भएका छन् भने २ लाख १० हजार १२० कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २ लाख ४८ हजार २३२ पुगेको छ भने मृतकको संख्या ५ लाख ४ हजार ४६२ पुगेको छ ।

त्यस्तै विश्वभर ५५ लाख ५६ हजार ४३९ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP