सबैलाई कोरोनाको भ्याक्सिन पुर्याउने अभियानका लागि जुट्यो ६.९ बिलियन डलर

सबैलाई कोरोनाको भ्याक्सिन पुर्याउने अभियानका लागि जुट्यो ६.९ बिलियन डलर

१५ असार, काठमाडौँ । कोरोना भाइरसको भ्याक्सिन बनाउन भइरहेको आर्थिक संकलन अभियानमा ६.९ बिलियन डलर जम्मा भएको छ ।
अमेरिका, युरोपियन युनियन र अन्य विभिन्न देशहरु सम्मिलित देशहरु मिलेर चलाएको यस अभियानमा ६।९ बिलियन अमेरिकी डलर जम्मा भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

कोरोनाको भ्याक्सिन बनेमा प्रभावित सबै देशमा समयमै उपलब्ध गराउन आर्थिक अभाव नहोस् भन्ने उद्धेश्यले यो अभियान चलाइएको छ । यस अभियानमा युरोपियन युनियनले शुरुमा पहल गरेको थियो ।

शनिबार युरोपियन युनियन र ग्लोबल सिटिजन एड्भोकेसी समुहले संयुक्त रुपमा गरेको एक समिटमा ठुलो रकम संकलन भएको छ । जसमा ग्लोबल कन्सर्टसहित अन्य कार्यक्रम गरिएको थियो ।

यस अभियानमा युरोपियन इन्भेस्टमेन्ट बैंकले ५।५ बिलियन डलर, अमेरिकाले ५४५ मिलियन डलर, जर्मनीले ४३० मिलियन डलर, क्यानडाले २१९ मिलियन डलर, कतारले १० मिलियन सहयोग गरेका छन् ।

यसरी जम्मा भएको रकम कोरोनाको परिक्षण, उपचार र भ्याक्सिनमा खर्च गरिने छ भने विश्वका गरिब र पिछडिएका समुदायमा सहयोग गरिने जनाइएको छ ।

यस अभियानले भविष्यमा बन्ने कोरोनाविरुद्धको भ्याक्सिन सबै समक्ष पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

फ्रान्स, जर्मनी, इटाली, बेलायतजस्ता देशले पहल गर्दै यस अभियानको शुरुवात गरेका थिए ।

Loading
TOP