कारोवार खुलेको पहिलो ४० मिनेटमा नै लाग्यो सर्किट ब्रेक

कारोवार खुलेको पहिलो ४० मिनेटमा नै लाग्यो सर्किट ब्रेक

१५ असार, काठमाडौ । लकडाउनका कारण बिगत ९५ दिनदेखि बन्द रहेको नेप्से आज सोमबारबाट खुल्ला भएपनि कारोवार खुलेको पहिलो ४० मिनेटमा नै नेप्सेको सर्किट ब्रेक लागेको छ ।

११ बजे खुलेको बजार ११स्४० मा चार प्रतिसतले तल झरेपछि सर्किट ब्रेक लागेको हो । नेप्सेका अनुसार उक्त सर्किट ब्रेक २० मिनेटको लागि लागेको थियो ।

सो पश्चा कारोवार खुलेको भएपनि सेयर बजार ओरालो लाग्ने गति भने रोकिएन । यो समाचार तयार पार्दाको समय अर्थात १२स्२० बजेसम्म नेप्से ५० दसमलव पाँच अंकले घटेर ११ सय ५१ दसमलव सात अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पभन नौ दसमलव २४ अंकले घटेर दुई सय ५१ दसमलव आठ अंकमा झरेको छ ।

यस अवधिमा ८७ वटा कम्पनीहरुको १८ सय ६८ वटा कारोवारमा तीन लाख ५५ हजार ८९ कित्ता सेयर खरिद बिक्री हुदा कारोवार रकम १४ करोड आठ लाख पाँच हजार सात सय ८५ रुपैयाँ पुगेको छ । यस अवधिमा ११ वटा समुहको कारोवार भएकोमा ११ वटै समुहको सुचक ओरालो लागेर बजार पुरै रातो भएको छ ।

Loading
TOP