एमसीसी सधै उपलब्ध हुदैन, लिने नलिने नेपालको रोजाईको विषय हो – अमेरिकी दुताबास

एमसीसी सधै उपलब्ध हुदैन, लिने नलिने नेपालको रोजाईको विषय हो – अमेरिकी दुताबास

१६ असार, काठमाडौँ । अमेरिकाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अनुदान सधैं उपलब्ध नहुने बताउदै यो लिने नलिने नेपालको रोजाइको विषय भएको स्पष्ट गरेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार विज्ञप्ति जारी गरी यो कार्यक्रमको व्यवहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस कदम जरुरी रहेको समेत जनाएको छ ।

संसदबाट एमसीसी सम्झौता अनुमोदन अहिलेसम्म नभएकोबारे अमेरिका जानकार रहेको भन्दै अनुमोदनमा ढिलाई गर्नु भनेको यस परियोजनाबाट हुने फाइदा दिलाउन ढिलाइ गर्नु रहेको बताएको छ ।

अमेरिकाले एमसीसी सम्झौताका कार्यक्रम अघि बढाउन नेपालका सबै प्रमुख राजनीतिक दलको प्रतिनिधित्व भएका सरकारहरुले सन् २०१२ देखि लगातार प्रतिवद्धता जनाएको समेत उल्लेख गरेको छ ।

यस सम्झौताले विद्युत प्रसारण लाइन पूर्वाधारको निर्माण र सडक मर्मत सम्भारका क्रियाकलाप गरी २ करोड ३० लाख नेपालीलाई प्रत्यक्ष रुपमा लाभ दिने समेत अमेरिकाले जनाएको छ ।

अमेरिका र नेपालबीचको ७३ वर्ष लामो साझेदारीमा दुवै देशको हित हुने गरी विभिन्न क्षेत्रमा सफल सहकार्य भएको समेत दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

Loading
TOP