ओलीको बोलीले दिल्लीदेखि नेकपासम्म तरंग, के होला आज स्थायी कमिटीमा ?

ओलीको बोलीले दिल्लीदेखि नेकपासम्म तरंग, के होला आज स्थायी कमिटीमा ?

१६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै अभिब्यक्तिले फेरी संकटमा फसेका छन् । ‘मलाई प्रधानमन्त्रीबाट हटाउन, दिल्ली, भारतीय दूतावास र नेपाली नेताहरु लागेको’ भन्ने प्रधानमन्त्रीको अभिब्यक्तिले फेरी एकपटक तरंग पैदा गरिदिएको छ ।

ओलीको अभिब्यक्ति नेपाली मात्र होइन, भारतीय सञ्चारमाध्यममा पनि निकै चर्चा पाएको छ । भारतीय र नेपाली विश्लेषकहरुले फरक–फरक धारणा राखेका छन् । सोमबार भारतका अधिकाँस मिडियाले ओलीको भनाईलाई प्राथमिकता दिए । सवै नेपाल र भारतका विश्लेषकहरुको धारणा भने सामान छ । प्रधानमन्त्री ओली पार्टीभित्र अप्ठेरोमा परेपछि पुरानो भारत कार्ड खेलेको उनीहरुले बिश्लेषण गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपाका नेताहरुलाई पनि आरोप लगाएका छन् । ‘चीनसँग पारवहन सम्झौता गरेपछि पहिले सरकार ढालिएको थियो’ प्रधानमन्त्री ओलीले भने ‘नेपालको नयाँ नक्सा जारी गरेपछि फेरी सरकार ढाल्ने गृहकार्य शुरु भएको छ । त्यसमा नेपालका नेताहरु पनि छन् ।’

ओलीको यो वाक्यले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्छ । ओलीको पहिलो सरकार ढाल्न प्रचण्ड नै लागेका थिए । अहिले पनि प्रचण्ड लागेको अप्रत्यक्षरुपमा दावी गरे । प्रधानमन्त्रीले नेपाली नेताहरु भनेर कसैको पनि नाम लिएनन् । तर निशाना आफ्नै पार्टीभित्र साँधेको विश्लेषण गरिएको छ ।

नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्रीकै सरकारी निवास बालुवाटारमा चलिरहेको छ । आजको स्थायी कमिटीमा प्रधानमन्त्रीसँग ‘सरकार ढाल्न लागेका नेपाली नेता को हुन् रु’ भन्दै स्थायी कमिटी सदस्यहरुले प्रश्न गर्ने भएका छन् ।

‘अहिले जारी स्थायी कमिटी बैठकमा सरकार फेर्ने कुनै एजेण्डा थिएन तर प्रधानमन्त्री आफैले सार्वजनिक एजेण्डा ल्याउनुभएको छ’ नेकपा स्थायी कमिटीका एक सदस्यले भने ‘बैठक अब सरकार र पार्टी कामको समिक्षामा केन्द्रीत हुन्छ ।’

प्रधानमन्त्रीको बोलीले दिल्लीदेखि वालुवाटारसम्म तरंग ल्याएको छ । भारतीय दूतावासलाई पनि उनले सरकार ढाल्ने खेलमा लागेको आरोप लगाएका छन् । तर प्रधानमन्त्री ओलीलाई सरकार ढाल्न लाग्ने राजदूतलाई कारवाही गर्न राजनीतिक बिस्लेषकहरुले सुझाव दिएका छन् । ‘एउटा सहसचिव स्तरको राजदूतलाई बोलाएर प्रधानमन्त्रीले स्पष्टीकरण सोध्नेदेखि फिर्ता पठाउनेसम्मको कारवाही गर्नु पर्दछ’ भारतकालागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले भने ।

Loading
TOP