गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित ९६६ पुगे

गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित ९६६ पुगे

१६ असार, काठमाडौं । मंगलबार बिहान पोखरामा ७ सहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । यो सगै संख्या ९६६ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा १७ जनामा मंगलबार बिहान कोरोना पुष्टि भएको हो । तनहुँको ब्यास नगरपालिकाका ३ पुरुष र २ महिला, स्याङ्जाको पुतलीबजारका १ पुरुष, लमजुङको बेसिसहर नगरपालिका, मध्य नेपाल गाउँपालिका र मर्स्यांङ्दी गाउँपालिकाका १ र १ महिनामा कोरोना पुष्टि भएको छ ।

यसैगरि कास्कीको मादी गाउँपालिकाका १ पुरुष, पोखरा महानगरपालिकाका ६ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २१४ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाले २ पुरुषको मृत्यु भएको छ ।

Loading
TOP