कारोवार खुलेको पहिलो ४५ मिनेटमा नै ४० अंकले बढ्यो नेप्से

कारोवार खुलेको पहिलो ४५ मिनेटमा नै ४० अंकले बढ्यो नेप्से

१६ असार, काठमााडौ । आज मंगलबार कारोवार खुलेको पहिलो ४५ मिनेटमा नै नेप्से ४० अंकले बढेर १२ सय २९ दसमलव २७ अंकमा पुगेको छ ।

अघिल्लो दिन कारोवार खुलेको पहिलो ४० मिनेटमा ४० अंकले ओरालो लागेको नेप्से आज भने सुरुवाती समय देखि नै बढिरहेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि यो समाचार तयार पार्दाको अवस्थासम्म आठ दसमलव २३ अंकले बढेर दुई सय ६४ दसमलव ५२ अंकमा पुगेको छ ।

यस अवधिमा एक सय १२ कम्पनीहरुको १५ सय १९ वटा कारोवारमा दुई लाख २७ हजार ४४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ११ करोड ६६ लाख चार हजार आठ सय एक रुपैयाँ पुगेको छ ।

यो अवधिमा १२ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष र होटल बाहेक सबै समुहको सुचक उच्च अंकले बढेको छ ।

Loading
TOP