चीनमा भेटियो फेरि अर्को भाइरस

चीनमा भेटियो फेरि अर्को भाइरस

१६ असार, काठमाडौं । विश्वव्यापी महामारीको रुप लिन सक्ने क्षमता भएको नयाँ फ्लु भाइरस चीनमा पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन्।

मानिसलाई संक्रमित बनाउन सक्ने यो भाइरस भर्खरै भेटिएको र सुँगुरमा पाइएको उनीहरुले बताएका छन्।

यो भाइरसको संरचना भविष्यमा परिवर्तन हुन सक्छ। एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने भएकाले यसले विश्वव्यापी महामारीको रुप लिन सक्नेमा वैज्ञानिकहरु चिन्तित छन्। यद्यपि यो तत्कालको लागि समस्या भने नभएको उनीहरु बताउँछन्। तर मानिसलाई संक्रमित बनाउन सक्ने भएकाले यसलाई नजिकबाट निगरानी गर्न भने आवश्यक छ।

यो नयाँ भाइरस हो। मानिसमा यो भाइरस विरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमता न्यून वा नहुन पनि सक्छ।

प्रोसेडिङ अफ दि नेशनल एकेडेमी अफ साइन्सेज नामक एक जर्नलमा ती वैज्ञानिकहरुले यो भाइरसलाई नियन्त्रण गर्न सुँगुर र सुँगुर उद्योग पालनमा काम गर्ने कामदारलाई निगरानी गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।
स्वाइन फ्लुसँग मिल्दोजुल्दो

पुरा विश्व यतिखेर कोरोना भाइरसलाई नियन्त्रण गर्ने प्रयासमा छन्। तर इन्फ्लुएन्जाले महामारीको रुप लिने खतराको रुपमा विज्ञहरुले नियाली रहेका छन्।

यसअघि सन् २००९ मा स्वाइन फ्लुले महामारीको रुप लिएको थियो। उक्त महामारीमा कयौ मानिसहरुको मृत्यु समेत भयो। यसलाई अहिले एरएचवानएनवान पेन्डेमिक०९ नामबाट चिनिन्छ। स्वाइन फ्लुबाट बच्न खोप उपलब्ध छन्। यो खोप वर्षेनी लगाएर स्वाइन फ्लुबाट मानिसहरु सुरक्षित हुन सक्छन्।

अहिले चीनमा देखिएको फ्लु पनि सन् २००९ मा देखिएको स्वाइन फ्लुसँग मिल्दोजुल्दो छ। तर केही नयाँ परिवर्तनका साथ देखिएको वैज्ञानिकहरु बताउँछन्।

वैज्ञानिकहरु भन्छन्, निगरानीमा राख्नुपर्छ
युकेको नटिङघम यूनिभर्सिटीमा कार्यरत प्रोफेर किङ चाउ चाङले भने, ‘यो अहिले फैलिसकेको छैन। तर यसलाई निगरानीमा राख्नुपर्छ।’

अनुसन्धानकर्ताहरुले यो भाइरसलाई जि४ ईए एचवान एनवान भन्ने गरेका छन्। यो नयाँ भाइरस मानिसको श्वासनलीमा विकास हुन्छ र फैलिन सक्छन्।

वधशाला र सुँगुर पालन उद्योगमा काम गर्ने केही मानिसमा यो भाइरसको संक्रमण भेटिएको उनीहरुले प्रमाण फेला पारेका छन्। हाल भएको फ्लु भ्याक्सिन नयाँ भाइरसका लागि प्रभावकारी मानिएको छैन।

प्रोफेसर चाङ भन्छन्, ‘अहिले हामी कोरोना विरुद्धको लडाईमा छौं। हाल यो नयाँ भाइरस समस्याको रुपमा नरहेपनि महामारीको रुप लिन सक्ने भएकाले नजरअन्दाज भने गर्नु हुँदैन।’ बिबिसी

Loading
TOP