प्रधानमन्त्रीको अभिव्यक्तिले स्थायी कमिटी बैठक प्रभावित

प्रधानमन्त्रीको अभिव्यक्तिले स्थायी कमिटी बैठक प्रभावित

१६ असार, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको छ । मंगलबारको बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको पदबाट हटाउन भारत लागेको अभिव्यक्ति गम्भीर रहेको भन्दै छलफल हुनुपर्ने बताएका हुन् ।

त्यस्तै बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर ढंगले आएकाले यसबारेमा बैठकलाई यथार्थ जानकारी गराउनुपर्ने धारणा राखेको एक स्थायी कमिटी सदस्यले बताए ।

मंगलबारको बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित छन् । प्रधानमन्त्रीलाई पछिल्लो अभिव्यक्तिले थप अप्ठेरोमा पारेको छ ।

Loading
TOP