मंगलबार काहाँ काहाँ कति संक्रमित थपिए ?

मंगलबार काहाँ काहाँ कति संक्रमित थपिए ?

१६ असार, काठमाडौं । नेपालमा थप ३१६ जनामा कोरना पुष्टि भएको छ । जसमा २४५ पुरुष र ७१ जना महिला रहेका छन् ।

नयाँ संक्रमितहरुमा सप्तरीका ४ जना, सिराहका १० जना, उदयपुरका २ जना, झापाका ३ जना, सुनसरीका २ जना, संखुवासभाका ३ जना, सप्तरीका २१ जना, धनुषाका ३ जना, रौतहटका ५ जना, महोत्तरीका २९ जना, अछामका २८ जना, बाजुराका एक जना, काठमाडौँका १२ जना ,रौतहटका २ जना, स्याङजाका ४ जना, गुल्मीका १ जना, सिन्धुपाल्चोकका २ जना, गोर्खाका एक जना, सर्लाहीका ८ जना रहेका छन् ।

त्यस्तै भक्तपुरका एक जना, बागलुङका १ जना डडेल्धुराका ३ जना, ललितपुरका एक जना, बैतडीका १ जना, डोटीका ३० जना, म्याग्दीका एक जना, कास्कीका ९ जना, लमजुङका ३ जना, तनहुका ६ जना, अर्घाखाँचीका ७ जना, पाल्पाका १८ जना, सल्यान २ जना, दाङका २१ जना,रुकुमपश्चिमका ८ जना, बाजुराका ४८, बाँकेका एक दैलेखका १ जना, बैतडीका ३ जना, बाजुराका २ जना र कैलालीका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

अहिलेसम्म प्रदेश १ मा ५९५ जना, प्रदेश २ मा ३ हजार ७९४ जना, बागमती प्रदेशमा ४२८ जना, गण्डकी प्रदेशमा एक हजार १७ जना, प्रदेश ५ मा ४ हजार ८०७ जना, कर्णाली प्रदेशमा एक हाजर ४६६ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ४५७ जना संक्रमित भएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५ सय नाघेको छ ।

Loading
TOP