भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार ४ सय

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार ४ सय

१७ असार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ५०७ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १७ हजार ४०० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ हजार ६५३ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार नाघेको छ । भारतमा कुल संक्रमित ५ लाख ८५ हजार ४९३ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा रहेको छ ।

भारतमा अहिलेसम्म ३ लाख ४७ हजार ९७९ जना ठिक भएका छन् भने २ लाख २० हजार ११४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५ लाख ८६ हजार ५९१ पुगेको छ भने मृतकको संख्या ५ लाख १३ हजार ९२९ पुगेको छ ।

त्यस्तै विश्वभर ५७ लाख ९५ हजार ९७१ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP