पेट्रोलियम पदार्थको मुल्य बढ्यो

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

१७ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले मंगलबार रातिदेखि लागुहुने गरि पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।

अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ७७ रुपैयाँ पुगेको छ ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मुल्य बढाएर पठाएपछि निगमले मुल्य बढाउनु परेको जनाएको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ ।

Loading
TOP