अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार नाघ्यो

अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार नाघ्यो

१७ असार, काठमाडौँ । अमेरिकामा कोरोनाको कहर नरोकिएपनि कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा फेरी बढेको छ । तर सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १३३९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ३० हजार १११ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ४६ हजार ४ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या २७ लाख २७ हजार ३१६ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ११ लाख ४१ हजार २४६ जना ठिक भएका छन् । त्यस्तै अमेरिकामा अहिले १५ हजार ९३५ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ ।

न्युयोर्कमा ३२ हजार १२९ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख १७ हजार ८३६ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार १७७ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ७६ हजार ९५३ जना संक्रमित भएका छन् ।

त्यस्तै मसाचुसेट्समा ८ हजार ५४ जनाको ज्यान गएको छ ।

त्यस्तैगरि इलिनियोइसमा ७ हजार १२४, त्यस्तै पेन्सिलभेनियामा ६ हजार ७०२, मिचिगनमा ६ हजार १९३, क्यालिफोर्नियामा ६ हजार ८१, कोनेक्टीकटमा ४ हजार ३२२, फ्लोरिडामा ३ हजार ५०५, लुसियानामा ३ हजार २२९ जना, मेरिल्याण्डमा ३ हजार १९०, ओहियो २ हजार ८९०, जर्जियामा २ हजार ८०५, इन्डियानामा २ हजार ६४० र टेक्सासमा २ हजार ४९६ जनाको मृत्यु भएको छ ।

Loading
TOP