प्रधानमन्त्री ओली आफु निकटसँग छलफल, पार्टीको निर्णय मान्न सुझाव

प्रधानमन्त्री ओली आफु निकटसँग छलफल, पार्टीको निर्णय मान्न सुझाव

१७ असार, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद सतहमा पुगेको छ ।

मंगलबारको बैठकमा पारित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टी दुई पक्षमा विभाजित भएको छ ।
बहुमत स्थायी कमिटी सदस्यले राजीनामा मागेपछि अप्ठ्यारो महसुस गरेका प्रधानमन्त्री ओलीले आफु निकट स्थायी कमिटी सदस्यहरुसँग छुट्टै भेट गरेका छन् । बुधबार बिहान भएको भेटमा आजको बैठकमा बोल्ने रणनितिका बारेमा छलफल भएको बताइएको छ । आज ओली पक्षका स्थायी कमिटी सदस्यले बोल्ने र सरकार र प्रधानमन्त्रीको बचाऊ गर्ने रणनीति बनाएका छन् ।

मंगलबारको बैठकमा नेकपा एमाले पार्टीलाई ब्युताउन निर्वाचन आयोगमा दर्ता गरिएको प्रसंग आएपछि नेकपाको बैठक तरंगित भएको थियो । बैठकका एजेन्डाभन्दा बाहिर गएर एमाले दर्ताको प्रसंग र प्रधानमन्त्री ओलीले सरकार ढाल्न भारतले प्रयास गरिरहेको भनाईलाई छलफलमा ल्याइएको थियो ।

यसैबीच प्रधानमन्त्री ओलीले केहि मन्त्री र आफु निकट नेताहरु छलफल गरेका छन् । छलफलमा आफुलाई एक्लै पारेर घेराबन्दी गरेको प्रधानमन्त्रीले बताएको सहभगी नेताहरुले बताएका छन् ।

छलफलमा सहभागी भएका मन्त्रीहरुले पार्टीको निर्णय मान्न सुझाव दिएको र आवश्यक परे मन्त्रीबाट राजीनामा दिएर सहयोग गर्न तयार रहेको संदेश प्रधानमन्त्रीलाई दिएका छन् ।

आज हुने बैठकमा मंगलबार कै एजेन्डामा छलफलले निरन्तरता पाउने बताइएको छ ।

Loading
TOP