काँग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काँग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

१७ असार, काठमाडौं । नेपाली काँग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।

छ्नन्त्यालको उपचारका क्रममा सहिद गंगालाल हृदय रोग केन्द्रमा बुधबार निधन भएको हो ।

अघिल्लो आइतबार मुटुको तीनवटा भल्ब ब्लक भएपछि सांसद छन्त्यालको मुटुको शल्यक्रिया गरिएको थियो । मुटुमा समस्या देखिएपछि प्रतिनिधिसभाको नयाँ नक्सा निशान छापमा समावेश गर्नेसम्बन्धी बैठकमा छन्त्याल अनुपस्थित रहेकी थिइन् ।

६२ बर्षिय छन्त्याल अल्पसंख्यक समुदाय (छन्त्याल) बाट कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् । यस अघि उनी २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सांसद छन्त्यालको निधनमा पार्टी स्तब्ध भएको बताएका छन् । छन्त्याल प्रजातान्त्रिक आन्दोलनको योद्धा भएको बताउदै प्रमुख सचेतक खाणले उनको निधनप्रति दुख व्यक्त गरेका छन् ।

Loading
TOP