बालुवाटारमा तमासा धेरै भयो : गगन थापा

१७ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको आन्तरिक विवादलाई लिएर नेपाली कांग्रेसका सांसद एवम् नेता गगन थापाले बालुवाटारमा तमासा भएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । नेता थापाले तमासा अति भयो यो भन्दै, अब कुरा सुन्ने र काम गर्ने सरकार नेकपा सचिवालयलाई अनुरोध गरेका छन् । ‘ बालुवाटारमा तमासा छ ! ‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले’, उनले लेखेका छन्, ‘बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬ ‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ अति भयो यो तमासा, अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।’

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि नेकपाभित्रको उत्कर्षमा पुगको छ । देशको मुख्य समस्या समाधानमा ध्यान दिनुपर्ने बेला पार्टीभित्रको विवादमा अल्झिएको भन्दै सरकार र नेकपा नेतृत्वको आलोचना समेत भैरहेको छ ।

Loading
TOP