कांग्रेस बैठक स्थगित

कांग्रेस बैठक स्थगित

१७ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ ।

पार्टीका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारका लागि बोलाइएको हो । बिहीबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय समेत बन्द गर्ने भएको छ । कांग्रेसले भोली पार्टीको झण्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम पनि नगर्ने भएको छ ।

मंगलबारबाट सुरु भएको बैठकमा महाधिवेशन कार्यतालिका, नागरिकता विधेयक लगायतका विषयमा छलफल भइरहेको छ । २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको थियो ।

मुटुसम्बन्धि पीडित उहाँको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा आज निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Loading
TOP