नेप्से १३ सय ३६ अंकमा : उच्च बृद्धि कायम

नेप्से १३ सय ३६ अंकमा : उच्च बृद्धि कायम

१७ असार, काठमाडौ । नेप्सेको उच्च बृद्धिले आज बुधवार पनि निरन्तरत पाएको छ ।

कारोवार खुलेलगत्तै बढ्न थालेको नेप्से आज ७५ दसमलव ७७ अंकले बढेर १३ सय ३६ दसमलव ५२ अंकमा पुगेर रोकिएको छ भने सेन्सिटिभ १५ दसमलव एक अंकले बढेर दुई सय ८७ दसमलव एक अंकले बढेर दुई सय ८७ दसमलव दुई अंकमा पुगेर रोकिएको छ ।

नेप्सेमा आज एक सय ३५ कम्पनीहरुको तीन हजार आठ सय ९० वटा कारोवारमा ११ लाख एक हजार दुई कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकबम ४० करोड ७३ लाख ५२ हजार दुई सय ४७ रुपैयाँ पुगेको छ ।

आज कारोवार खुलेको पहिलो पहिलो १३ मिनेटमा नै चार प्रतिशत बढेर २० मिनेटको लागि बन्द भएको नेप्से ३५ मिनेटमा पुन ५ प्रतिशतले बढेर ४० मिनेटको लागि बन्द भएको थियो । सो पश्चात ९ मिनेट कारोबार हुँदा नेप्से सूचक थप १ प्रतिशतले बढेपछि आजको लागि बजार बन्द भएको हो ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा होटल बाहेक सबै समुहको सुचक बढेर हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ८२ दसमलव तीन अंकले बढेर ११ सय ७२ दसमलव ३० अंकमा पुग्दा बिकास बैंक समुहको सुचक ५७ दसमलव छ अंकले बढेर १७ सय ४७ दसमलव ३९ अंकमा पुुगेको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि तीन सय २२ दसमलव ४१ अंकले बढेर पाँच हजार छ सय ५९ दसमलव ३५ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पाँच सय ४८ दसमलव ५३ अंकले बढेर सात हजार नौ सय ३० दसमलव ५७ अंकमा पुगेको छ । यि बाहेक ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सिटिजन्स बैंक इन्टरनेशनलको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर एक सय ९८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेशनल माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ९२ पैसाले घटेर १५ सय १९ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १२ सय ६० रुपैयाँ अन्तिम मुल्यमा छ करोड ७६ लाख ९४ हजार नौ सय ३१ रुपैयाँको कारोवार भएको छ ।

Loading
TOP