५५०० रुपैयाँ तिरेर कोरोना परीक्षण गर्न पाइने

५५०० रुपैयाँ तिरेर कोरोना परीक्षण गर्न पाइने

१७ असार, काठमाडौं । नेपालमा पिसिआर परीक्षण निश्चित व्यक्तिले मात्र गर्न पाउँछन्। लक्षण भएका, संक्रमित व्यक्तिको सम्पर्कमा आएका र ज्वरो खोकीको लक्षण भएका र अस्पतालमा भर्ना गर्नुपर्ने व्यक्तिको मात्र सरकारले पिसिआर गर्दै आएको छ।

तर अब वीर अस्पतालमा निश्चित रकम तिरेर पिसिआर परीक्षण गर्न पाईन्छ। कुनै ट्राभल हिस्ट्रि नभएको तर आफुलाई शंका लागेका व्यक्तिले वीर अस्पतालमा पैसा तिरेर अर्थात् सशुल्क पिसिआर परीक्षण पाउने व्यवस्था लागू भएको छ।

वीर अस्पतालमा यो व्यवस्था लागू भएको दुई साता भएको छ। कोरोना भएरनभएको थाहा पाउन चाहने व्यक्तिले ५५ सय रुपैयाँ तिरेर पिसिआर परीक्षण गर्न सक्ने अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए ।

Loading
TOP