नेपालमा थप एक जना संक्रमितको मृत्यु, मृतकको संख्या ३० पुग्यो

नेपालमा थप एक जना संक्रमितको मृत्यु, मृतकको संख्या ३० पुग्यो

१७ असार, काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम जिल्लाको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यो सहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३० पुगेको छ।

Loading
TOP