भारतमा मृतकको संख्या १७ हजार ८३४ पुग्यो

भारतमा मृतकको संख्या १७ हजार ८३४ पुग्यो

१८ असार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४३४ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १७ हजार ८३४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९ हजार १४८ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ । भारतमा कुल संक्रमित ६ लाख ४ हजार ६४१ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा रहेको छ ।

भारतमा अहिलेसम्म ३ लाख ५९ हजार ८५९ जना ठिक भएका छन् भने २ लाख २६ हजार ९४७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८ लाख ९ हजार ४४७ पुगेको छ भने मृतकको संख्या ५ लाख १९ हजार ४६ पुगेको छ ।

त्यस्तै विश्वभर ६० लाख ३२ हजार १९१ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP