प्रचण्डद्वारा ओली निकट सचिवालय र स्थायी कमिटीका सदस्यहरूसँग छलफल

प्रचण्डद्वारा ओली निकट सचिवालय र स्थायी कमिटीका सदस्यहरूसँग छलफल

१८ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुसँग छलफल गरेका छन् ।

आफ्नो निवास खुमलटारमा छलफलका लागि प्रचण्डले ओली निकटका सचिवालय र स्थायी कमिटीका सदस्यलाई बोलाएका हुन्।  छलफलमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु सहभागी थिए।

बैठकमा सहभागी स्थायी कमिटीका एक सदस्यका अनुसार छलफलमा दाहाल निकटका नेतताहरू पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठ, जनार्दन शर्मा, मातृका यादव, हरिवोल गजुरेल, वर्षमान पुन र सुरेन्द्र पाण्डे पनि सहभागी थिए।

यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरुसँग मात्रै बालुवाटारस्थित निवासमा छलफल गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले झम्सीखेलको एक रेष्टुरेन्टमा आफू निकटका नेताहरुसँग संयुक्त छलफल गरेका थिए ।

स्थायी समितिका ३१ सदस्य सहभागी सो छलफलले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसपछि स्थायी कमिटीका अरु सदस्यहरुसँग पनि छलफल गर्ने भन्दै नेताहरु फर्किएका थिए । सोहीअनुसार प्रचण्डले बिहीबार बिहान ओली निकटका नेताहरुसँग पनि छलफल गरेका हुन् ।

१० असारबाट शुरू भएको सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठकमा पार्टी भित्रको विवाद तीव्र बनेको छ। १० असारबाट शुरू भएको सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठकमा पार्टी भित्रको विवाद तीव्र बनेको छ। नेताहरूबीच बैठक जारी रहेकै बेला गोप्य छलफल र भेटवार्ता भइरहेका छन्।

स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डसहितका बहुमत स्थायी कमिटीका सदस्यले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने अडान कायम राखेपछि नेकपाभित्रको विवादले चर्को रूप लिएको हो।

Loading
TOP