पुटिनको पक्षमा व्यापक जनमत

पुटिनको पक्षमा व्यापक जनमत

१८ असार, काठमाडौँ । रुसमा संबैधानिक सुधारको विषयमा भएको जनमत सग्रहमा राष्ट्रपति भ्लादमिर पुटिनको पक्षमा जनमत देखिएको छ ।

रुसको निर्वाचन आयोगका अनुसार अहिलेसम्म ८७ प्रतिशत मतगणना हुदा ७७ प्रतिशत मत पुटिनले प्रस्ताव गरेको संबैधानिक सुधारको पक्षमा देखिएको बिबिसीले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार अब पुटिन २०३६ सम्म राष्ट्रपति बन्ने बाटो खुल्ने छ । यस अघि दुई कार्यकाल ६(६ राष्ट्रपति बनेपछि २०२४ पछि बन्न नपाउने व्यवस्था रहेको थियो ।

पुटिनका विपक्षीहरुले भने पुटिन जीवनभर राष्ट्रपति हुने बाटोमा गएको आरोप लगाएका छन् भने पुटिनले सो आरोपलाई खारेज गर्दै आएका छन् ।

जनमतसंग्रहका लागि सात दिनसम्म चलेको मतदानको स्वतन्त्र अनुगमन भने नभएको बताइएको छ ।

६७ बर्षिय पुटिन अब २०२४ मा आफ्नो कार्यकाल सकिएपछि फेरी चुनावी मैदानमा उत्रिने भएका छन् ।

पछिल्लो २० बर्षदेखि पुटिन राष्ट्रपति र प्रधानमन्त्रीको रुपमा सत्तामा रहेका छन् ।

Loading
TOP