अचानक संसद अधिवेशन अन्त्य गर्नु लोकतान्त्रिक मुल्यको उपहास : सांसद डिला संग्रौला

अचानक संसद अधिवेशन अन्त्य गर्नु लोकतान्त्रिक मुल्यको उपहास : सांसद डिला संग्रौला

१९ असार, काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा। डिला संग्रौलाले संसदको चालु अधिवेशनको अन्त्य गरेर सरकारले जनताको आवाजलाई थुन्ने प्रयास गरेको बताएकी छन् । सामाजिक संजालमा टिप्पणी गर्दै सांसद संग्रौलाले अचानक संसद अधिवेशन अन्त्य हुनुले लोकतान्त्रिक मुल्यको उपहास भएको बताउदै सरकारले अधिनायकवादी समातेको प्रष्ट हुने बताएकी छन् ।

साथै उनले सार्बभौमसत्ता सम्पन्न संसदलाई हठाहत बन्द गर्नु हतास एवम पराजित मानसिकताको उपज भएको बताएकी छन् । उनले भनेकी छन्,’नेकपा भित्र सत्तालिप्साको गुटगत चरम बिकृतिले सिङ्गो मुलुकलाई बन्धक बनाएको छ । प्रधानमन्त्री केपी ओलीले आफ्नो सत्ता जसरी पनि जोगाउन र आफ्ना बिरोधिहरुलाई ठेगान लगाउन चलिरहेको संसद अधिबेशनलाई समेत अन्त्य गरेर जनताको आवाजलाई थुन्ने जुन प्रयत्न गरिएको छ, यसले लोकतान्त्रिक मुल्यको उपहास गरि अधिनायकवादी बाटो समातेको प्रस्ट हुनगएको छ ।

जनतासँग सरोकार रहेका थुप्रै विधेयकहरु, संकल्प प्रस्ताव एबम जनसरोकारका विषयलाई संसदमा छलफलगरि समस्याको हल गर्नुको सट्टा सत्तालिप्सालाई सर्बेसर्बा मान्ने नेकपा र त्यसको सरकारले लोकतान्त्रिक गणतन्त्रको बिकास र जगेर्ना गर्ला र रु संकटको बेला देश र जनता लाई उपेक्षा गरि गुटगत स्वार्थलाई केन्द्र बिन्दुमा राखी सार्बभौमसत्ता सम्पन्न संसदलाई हठाहत बन्द गर्नु हतास एवम पराजित मानसिकता को उपज हो ।’

Loading
TOP