फ्रेन्च ओपन दर्शककै उपस्थितिमा हुने

फ्रेन्च ओपन दर्शककै उपस्थितिमा हुने

१९ असार, काठमाडौँ । कोरोना महामारीका विभिन्न खेल गतिबिधि शुरु भइरहेका छन् । अहिले संचालन भएका फुटबलका बिभिन्न लिगहरु बिना दर्शक खाली स्टेडियममा गराइएको छ ।

यसैबीच आगामी सेप्टेम्बरमा हुने फ्रेन्च ओपन दर्शकहरुकै उपस्थितिमा हुने भएको छ । फ्रेन्च ओपन आयोजकले दर्शककै उपस्थितिमा प्रतियोगिता गराउने निर्णय गरेका छन् । यसका लागि सरकारले समेत अनुमति दिएको छ ।

आयोजकले २७ सेप्टेम्बर देखि ११ अक्टोबरसम्म हुने यस प्रतियोगितामा गरेको दिन २० हजार दर्शक आउन सक्ने घोषणा गरेका छन् ।

साथै यस प्रतियोगिताको टिकट बिक्री ९ जुलाईदेखि शुरु हुने भएको छ । त्यस्तै आयोजकले बढीमा चार जनालाई एक समुहमा बस्न दिने बताएका छन् भने हरेक चौथो सिटपछि पाँचौ सिट खाली राख्ने बताएका छन् ।

Loading
TOP