रेडियो बितरण

रेडियो बितरण

१९ असार, कपिलबस्तु । कोरोना महामारीमा नेपालमै हटस्पटको रुपमा परिचीत भएको कपिलबस्तु जिल्लाको यशोधरा गाँउपालिकामा रेडियो पढाई शुरु भएको छ । यशोधरा गाँउपालिकाको अनरुद्ध पब्लिक उच्च माबिमा कक्षा ४ देखी ८ सम्मका बिद्यार्थीहरुकालागी बिहान र बेलुका रेडियो बाट पढाउने ब्यवास्था गरिएको छ । कोरोना महामारीमा ३ महिना बिद्यालय बन्द हुनु र बिद्यालयमा क्वारेन्टाइन हुनुले गर्दा बिद्यार्थीलाई निकै मर्का परेकोले अब पढाईमा निरुन्तरता पाउनकालागी रेडियो पढाई शुरु गरिएको बताएका छन ।

बिद्यार्थीको मर्का हेरी रिड नेपाल ५५ वटा रेडियो र यशोधरा गाँउपालिकाले २० वटा रेडियो बिद्यालयलाई सहयोग गरेको छ । एक वटा रेडियाबाट पाँच जना बिद्यार्थीले पढन पाउने ब्यवस्था मिलाईएको बिद्यालयले बताएको छ । बिद्यालयको क्षेत्र भित्र पर्ने ७५ वटा रेडियोबाट ३ सय ७५ जना बिद्यार्थीले लाभ पाउने भएकोले रेडियो बितरण गरिएको हो । रेडियो कपिलबस्तुबाट कक्षा संचालन गरिएको छ ।

कोरोना महामारीमा समाजिक दुरी कायम गरि पढाई निरन्तरा दिईनकालागी रेडियो पढाई कार्यक्रम शुरु गरिएका बताएका छन । बच्चाको हातमा रेडियो नभएकोले पढाईमा भएको ग्याप पुरा गर्नका लागी रेडियो बितरण गरिएको बिदालयको प्रा अ ले बताएका छन ।

कोरोना महामारीमा ३ महिना बन्दा बन्दीको चपेटामा परेका बिद्यार्थीहरुलाई पढने अव्स्था नभएको, यो छुवा छुतको बिमारी बाट बाच्नकालागी बिद्यालय बन्द भएकोले पढाइर्मा धेरै कर्मा परेको हुनाले रेडियो पढाई कार्यक्रम राम्र भएको बताए ।

Loading
TOP