शुक्रबार सुनचाँदीको मुल्य घट्यो

शुक्रबार सुनचाँदीको मुल्य घट्यो

१९ असार, काठमाडौँ । शुक्रबार सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला ५ सयले घटेको छ ।

महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९० हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार भने सुन तोलामा ९१ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रति तोला ९० हजार ६५ मा कारोबार भइरहेको छ ।

त्यस्तै शुक्रबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाले घटेर ९४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading
TOP