पछिल्लो २४ घण्टामा ८२३ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ६,१४३ पुग्यो

पछिल्लो २४ घण्टामा ८२३ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ६,१४३ पुग्यो

१९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोना संक्रमित उपचारपछि विभिन्न आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्।

यो सँगै निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस अघि बिहिबार ६ सय ६४ डिस्चार्ज भएका थिए।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ।

शुक्रबार विभिन्न २३ वटा प्रयोगशालमा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ।

 

Loading
TOP