भारतमा मृतकको संख्या १९ हजार नाघ्यो

भारतमा मृतकको संख्या १९ हजार नाघ्यो

२१ असार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ६१३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या १९ हजार २६८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना संक्रमित पुष्टि भएको छ ।

यो संख्या एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मको सबै भन्दा बढी हो ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ । भारतमा कुल संक्रमित ६ लाख ७३ हजार १६५ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिल र रसियापछि चौथो स्थानमा रहेको छ ।

भारतमा अहिलेसम्म ४ लाख ९ हजार ८३ जना ठिक भएका छन् भने २ लाख ४४ हजार ८१४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १३ लाख ८२ हजार ९५४ पुगेको छ भने मृतकको संख्या ५ लाख ३३ हजार ४७७ पुगेको छ ।

त्यस्तै विश्वभर ६४ लाख ४० हजार २०७ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP