गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण

२१ असार, काठमाडौं । गण्डकी प्रदेशमा लगातार कोरोना भाइरसका संक्रमित थपिने क्रम जारी छ । गएको २४ घण्टामा प्रदेशको तनहुँ र बागलुङ जिल्लामा गरी ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित प्रदेशका कुल संक्रमित संख्या १ हजार ९१ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको नमुना परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालकमा कोरोना देखिएको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिकाका २८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदबिन्दु शर्माद्वारा आइतबार बिहान जारी विज्ञप्तिमा उल्लेख छ ।

उता, बागलुङको काठेखोला गाउँपालिकाका २४ वर्षीय पुरुषको नमुना रिपोर्ट पोजेटिभ आएको हो ।

Loading
TOP