काँग्रेसको अवरोधका बिच सुदूरपश्चिममा बजेटमाथिको छलफल प्रस्ताव टेबुल

काँग्रेसको अवरोधका बिच सुदूरपश्चिममा बजेटमाथिको छलफल प्रस्ताव टेबुल

२१ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रस्ताव २० दिनपछि प्रदेशसभामा टेबुल भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राजपाले गरेको अवरोधका बिच सभामुखले बैठकको कारवाही अगाडी बढाएका हुन् ।

सभामुख अर्जुनबहादुर थापाले अर्थमन्त्री झपटबहादुर बोहोरालाई आर्थिक वर्ष २०७७(७८ को बजेटमाथि सभामा छलफल गरी पारित गरिपाउ भन्ने प्रस्ताव टेबुल गर्न अनुमती दिए ।

प्रतिपक्षी दलले सरकार विरुद्ध नाराबाजी गरिरहेकै बेला अर्थमन्त्री बोहोराले छलफल प्रस्ताव सभामा टेबुल गरेका थिए ।

प्रस्ताव टेबुल भएपछि सभामुख थापाले प्रदेशसभाको अर्को बैठक असार २२ गते दिउँसो ३ बजेका लागि बोलाएका छन् ।

प्रतिपक्षी दलले कोरोना भाईरसको नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अवरोध सिर्जना गर्दै आएको छ ।

सोही अवरोधका कारण अहिले सम्म प्रदेश सरकारले अगामी वर्षका लागि ल्याएको बजेटमाथिको छलफल सुरु हुन सकेको छैन् ।

Loading
TOP