राष्ट्र बैंकले सोमबार १० करोडको ट्रेजरी बिक्री गर्दै

राष्ट्र बैंकले सोमबार १० करोडको ट्रेजरी बिक्री गर्दै

२१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १० करोड रुपैयाँकोको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

असार २३ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

९१ दिने अवधिको उक्त ट्रेजरीको परिपक्व हुने मिती २०७७ असोज २० गते तोकिएको छ । यही असार १५ गते पनि राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

Loading
TOP