ओली-प्रचण्डबीच ठोस निष्कर्षमा पुग्न नसके पनि छलफल गर्ने वातावरण बनेको नेकपाका नेताहरुको दाबी

ओली-प्रचण्डबीच ठोस निष्कर्षमा पुग्न नसके पनि छलफल गर्ने वातावरण बनेको नेकपाका नेताहरुको दाबी

२२ असार, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान भेटवार्ता सकिएको छ ।
करिब २ घण्टा भएको छलफलमा दोस्रो तहका नेताहरुलाई सहभागी गराइएको थियो । आजको वार्ताबाट सहमतिको ठोस निष्कर्ष ननिस्किए पनि छलफल गर्ने वातावरण बनेको नेकपाका नेताहरुले बताएका छन् ।

दुई अध्यक्षबीचको छलफलको क्रममा आवश्यक परेमा वरिष्ठ नेताहरुलाई राखेर छलफल गर्न सकिने विषयमा समेत छलफल गरिएको बताइएको छ ।

छलफलमा प्रचण्डले प्रधानमन्त्री ओलीसँग वान टु वान छलफल मै जोड दिएको बताइएको छ । आइतबारको बैठकको संदेश कार्यदल बनाएको र पाँच बुँदे सहमति बनेको भन्ने गएको प्रति प्रचण्डले असन्तुष्टि व्यक्त गरेका थिए । अन्य नेताहरुलाई राखेर भन्दा सिधै कुरा गर्ने सहमति बनेको छ । सम्भवतस् अर्को बैठक मंगलबार बस्ने बताइएको छ ।

दुवै अध्यक्षबीच आइतबार साँझदेखि चलाइएको पाँच बुँदे सहमतिको हल्लाका बारेमा छलफल भएको थियो । त्यो भएको भनिएको सहमतिलाई दुवै पक्षले अनावश्यक हल्ला भन्दै खारेज गरेका छन् ।

पार्टीको विवाद मिलाउन दोस्रो तहका नेताहरुले दबाब दिदै आएका छन् भने अधिकाशं केन्द्रीय सदस्यहरु पार्टी कार्यालय धुम्बराइमा भेला भएर हरेक दिन धारणा दिएका छन् ।

यसैबीच दुवै अध्यक्षबीच ठोस सहमति नभएकाले पार्टीको जारी स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

Loading
TOP